गैर आवासीय नेपाली संघ,न्यूजिल्याण्ड: बिज्ञप्ति

मिति: माघ , २०७८ तद अनुसार जनवरी २३, २०२२

पुस १३, २०७८ (डिसेम्बर २८, २०२१) मा गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्डको नाम उल्लेख गरी नेपाली समाचार पोर्टल रातोपाटीमा प्रकाशित‘न्यूजिल्याण्डमा नेपाली ब्राण्ड चिनाउँदै आस्मा’ समाचार शिर्षकमा गैर आवासीय नेपाली संघ (NRNA) को नाम उल्लेख गरिएकोमा यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ । यस संस्थाले उक्त मामिलामा अवलम्बन गरेको आन्तरिक प्रकृया, छलफल तथा कानुनी परामर्शको संक्षिप्त बिवरण यस बिज्ञप्ति मार्फत जानकारी गराउन चाहन्छौं । समाचारमा प्रकाशित भए अनुसार उत्पीडनबाट गुज्रिनु परेको भनिएको ब्यक्ती  प्रति संस्थाको गहिरो सहानुभूति रहेको तथा यस सम्बन्धमा निजले कानूनी कदम चालेमा संस्थाको पूर्ण समर्थन र सहयोग रहने जानकारी गराउन चाहन्छौं । तर सिमित र अस्पष्ट जानकारीको आधारमा संस्थाको नाम मुछेर संस्थाको नेतृत्व माथि लगाइएको आरोप संस्थालाई कदापी मान्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं ।

Rato Pati News

) संस्थाले सम्पन्न गरेका  प्रकृया, छलफल तथा परामर्श:

) उक्त समाचार प्रकाशितभएको सुचना  प्राप्त भए लगत्तै सोहि दिन उक्त विषयमा कार्य समितिका सदस्यहरु माझ मेसेन्जर ग्रुपमा गम्भिर छलफल  गरिएको ।

) मिति पुस १३, २०७८ (डिसेम्बर २८, २०२१) मा संस्थाका अध्यक्ष्य ज्यूसँगको फोन सम्पर्कमा निज ब्यक्तीलाई सहानुभूति जनाएको र आवश्यक परेमा संस्थाले जस्तो सुकै सहयोग उपलब्ध गराउने जानकारी गराउनु भएको ।

) सार्वजनिक बिदाको समयका वावजुद समाचार हाम्रो ध्यानाकर्षणमा आए लगत्तै पुस १४, २०७८ (डिसेम्बर २९, २०२१)  मा यस विषयमा छलफल गर्न कार्य समितिका पदाधिकारी र सल्लाहकारहरु संलग्न एक बैठक आयोजना गरिएको ।

)  समाचारमा प्रकाशन भएको विषयमा सम्बन्धित निज ब्यक्तीले पदाधिकारी र सल्लाहकारहरु संलग्न जूम मिटिंगमा जोडिएर आफूले भोगेको समस्या बारे जानकारी गराउन स्वयम तयार भएकोमा सोही अनुरुप  संस्थाद्वारा निजलाई अवसर प्रदान गरिएको । जूम बैठकमा निजलाई आफ्नो कुरा राख्ने तर संस्थाले कुनै प्रश्न नगर्ने उदेश्य राखेर सोहि अनुसार सम्पन्न भएको र निजलाई आफ्नो कुरा निर्धक्क तथा सहज र सम्मानजनक वातावरणमा राख्न सक्ने अवस्था सृजना गर्न संस्थाको तर्फबाट सकेसम्म पहल गरिएको ।

) निजलाई पर्न गएको अन्यायका सन्दर्भमा कानुनी कदम चाल्ने भएमा संस्थाले आवश्यकता अनुसार पूर्ण समर्थन गर्ने र परेमा जस्तो सुकै सहयोग उपलब्ध गराउने बारे उक्त जूम मिटिंगमा अवगत गराईएको ।

) मिति पुस २२, २०७८ (जनवरि ६, २०२२) मा संस्थाको ओमन्स फोरम संयोजक र अन्य तीन कार्यसमितिका महिला सदस्यहरुले निजसँग दोश्रो बैठक जूम मार्फत निजको अनुकुल समय अनुसार तय गरिएको ।

) प्राप्त जानकारीहरु र वर्तमान अवस्थामा संस्थाको जिम्मेवारी, कर्तब्य र कार्य क्षेत्र के कस्तो हुनु पर्ने साथ साथै संस्थाले ध्यान दिनु पर्ने सावधानीहरु (जस्तै: गोपनियता) का सन्दर्भमा समय र श्रोतले सके दिए सम्म संस्थाले सम्बन्धित कानुनी र संस्थागत परामर्श लिएको ।

) माथि उल्लेखित कदमहरु बाट प्राप्त नतिजाहरु:

) निज ब्यक्तीसँगको छलफलका दौरान समाचारमा उल्लेख गरिएको घटना ३ देखि ४ वर्ष अघि घटेको भनि निजले उल्लेख गरेको । 

) निजसँगको दुई चरणको छलफल पश्चात माथि २ (क) मा उल्लेखित तथा समाचारमा प्रकाशित भए बाहेक निजबाट संस्थासँग सम्बन्धित अतिरिक्त आधिकारिक वा लिखित तथा थप ठोस जानकारी संस्थालाई प्राप्त नभएको । थप जानकारी प्राप्त नभएको तथा अस्पस्ट जानकारीकै आधारमा संस्थाको नाम उल्लेख गरी प्रकाशित भएको समाचार प्रति ध्यानाकर्षण गराउँदा यस मामिलामा निजले थप जानकारी वा प्रतिक्रिया नदिने जनाउनु भएको ।

) संस्थाको उपलब्ध लिखित दस्तावेजहरुको छानविन पश्चात बिगतमा संस्था र निजसँग सम्बन्धित कुनै पत्राचार र रेकर्ड फेला नपरेको ।

) ओमन्स फोरम संयोजक र अन्य तीन कार्यसमितिका महिला सदस्यहरुले निजसँगको दोश्रो बैठकमा निजलाई कानुनी र अन्य सहायताको निम्ती Shakti International https://shaktiinternational.org नाम गरेको संस्था मार्फत अघि बढ्न र सोको निम्ती सम्पूर्ण आवश्यक सहयोग गर्न गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्ड तयार रहेको समेत जानकारी गराईएकोमा निजसँगको दुई चरणको बैठकबाट आरोपित व्यक्तिको विरुद्द कानुनी उपचार खोज्ने निजको ध्येय नरहेको बुझिएको ।

) माथि उल्लेखित २ (क), (ख), (ग), (घ) को सन्दर्भमा अगाडी संस्थाको उपयुक्त कदम के कस्तो हुने भन्ने बारे वकिल, Companies Office सँग भएको परामर्श बाट तेश्रो पक्ष (Third Party) को प्रतिनिधित्व गर्दै संस्थाले कानुनी वा अन्य प्रकारको कदम चाल्न सक्ने अवस्था नरहेको बुझिएको ।

३) (सम्भावित) उत्पीडनका बारे संस्थाको पहल:

गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्डले यस किसिमका उत्पीडनका घटना भविष्यमा आईपरेमा सो परिस्थितीको सामना र समाधानको निम्ती निती तथा रणनिती तय गर्न हाल छलफल जारी राखेको छ ।  

) उत्पीडनका बारे थप जानकारी:

महिला एवम् बालबालिका बिरुद्ध हुने उत्पीडन तथा घरेलु लगायत अन्य हिंसाका घटना बारे उजुरी वा थप सहयोगको निम्ती न्यूजिल्याण्डमा बिध्यमान कानुनी प्रावधान र थप सहयोग वा परामर्श लिन सकिने संघ संस्थाहरु ।

  • उत्पीडन (Harassment) सम्बन्धी न्यूजिल्याण्डको कानुनी ब्यवस्था:

“For the purposes of this Act, a person harasses another person if he or she engages in a pattern of behaviour that is directed against that other person, being a pattern of behaviour that includes doing any specified act to the other person on at least 2 separate occasions within a period of 12 months.”
थप जानकारी: Harassment Act 1997 (External Link) वा  Legal help when being harassed (External Link)

  • संस्थाको नाम: Human Rights Commission
    फोन:  0800 496 7877
    यौन हिंसा वा उत्पीडन बारे थप जानकारी: Find out more about sexual harassment (External Link)

  • संस्थाको नाम: Shakti New Zealand
    फोन:  0800 742 584
    कार्यक्षेत्र:  Culturally competent support services for women, children and families of Asian, African and Middle Eastern origin who have experienced violence and harassment.
    थप जानकारी: Find out more about Shakti International (External Link)

  • संस्थाको नाम: Women’s Refuge
    फोन: 0800 733 843 (0800 REFUGE)
    कार्यक्षेत्र: 24-hour service advocacy and accommodation for women and children
    थप जानकारी: Find out more about Women’s Refuge(external link)

  • संस्थाको नाम: Shine domestic abuse services
    फोन: 0508 744 633 (9am to 11pm)
    कार्यक्षेत्र: If you’re experiencing domestic abuse, or want to know how to help someone else
    थप जानकारी: Find out more about Shine’s helpline(external link)

  • संस्थाको नाम: Family violence information line
    फोन: 0800 456 450
    कार्यक्षेत्र: To find out about local services or how to help someone near you
    थप जानकारी: Find out more about family violence and getting help(external link)

  • संस्थाको नाम: Elder Abuse Helpline
    फोन: 0800 32 668 65 (0800 EA NOT OK)
    कार्यक्षेत्र: 24-hour service answered by registered nurses who can connect to local elder abuse specialist providers
    थप जानकारी: Here are signs of elder abuse or neglect to look out for(external link)       

  • न्यूजिल्याण्डमा भएका उत्पीडन तथा हिंसा बारे कुनै सहयोग चाहिएमा गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्डलाई सिधै सम्पर्क गर्न सकिनेछ । पिडक बिरुद्ध उजुरी गर्न उत्पीडन र हिंसा बिरुद्ध कार्य गर्ने संस्था तथा कानुनी कारवाहीको निम्ती न्यूजिल्याण्डमै  थुप्रै उपायहरु हुँदा हुँदै पनि नेपालमा कार्यक्षेत्र बनाई सन्चालनमा रहेका अनलाईन न्युज मिडियामा समाचार प्रकाशन गर्दा मात्र केही क्षणको प्रचार प्रसार र हो हल्ला बाहेक ठोस समस्याको सामाधान नहुने हुँदा भविष्यमा अन्य कसैलाई हिंसा वा उत्पीडन सम्बन्धी कुनै उजुरी वा थप जानकारी चाहिएमा माथि उल्लेख गरे जस्तै यथोचित सामाधानका उपायहरु अपनाउनु हुन बिनम्र अनुरोध गर्दछौं ।

  • पिडकको बिरुद्ध उजुरी गर्नको निम्ती पिडित भनिएको ब्यक्तिलाई कानुनी रुपमा अघि बढ्न प्रोत्साहन गर्दा समेत निज ब्यक्ति स्वयम् नै अघी बढ्न नचाहानु र पिडक प्रती उल्टै सहानुभुति देखाईनुले गैर आवासीय नेपाली संघ नामको गलत प्रयोग सँगै  संस्था र संस्था सँग सम्वन्धित सबैको गरिमामा ठेस पुग्न गएको हुँदा समाचार प्रकाशन गर्ने संस्था द्वारा तथ्य थप प्रष्ट पार्नको लागी आह्वान गर्दै उक्त कार्यको निम्ती निजले थप पहल गर्नु हुन यसै बिज्ञप्ती मार्फत अनुरोध गर्दछौ । यस अघि रातोपाटीमा प्रकाशित उक्त समाचार कुनै ब्यक्ति बिशेष वा संस्था प्रती लक्षित नभएको भनि समाचार प्रकाशितभएकै दिन निजले सन्चालन गर्ने Kantipur NZ को फेसबुक पेजमा समेत उल्लेख गरिएको छ ।  कुनै पनि ब्यक्ति वा संस्थाको नाम कुनै ठोस प्रमाण बिना भ्रम फैलाउने सक्ने अभिब्यक्ती वा समाचार प्रकाशित गरी उक्त संस्था वा ब्यक्तिको प्रतिष्ठामा आँच पुर्याउने कार्य भएमा न्यूजिल्याण्डको मौजुदा कानुन अनुसार मानहानी बिरुद्ध अघी बढ्ने ब्यवस्था रहेको छ  (थप जानकारी  Defamation Act 1992) । तसर्थ भविष्यमा यस किसिमका हिंसा बिरुद्ध आवाज उठाउँदा बिना कुनै ठोस प्रमाण र आधार बिना सिङ्गो संस्था वा समुदायको नाम लिनुको साटो उत्पिडिन गर्ने सम्बन्धित ब्यक्ति बिरुद्ध आवाज उठाउनु हुन आह्वान गर्दछौं। साथै सो कार्यको निम्ती आवश्यक हरसम्भब सहयोग गर्न गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्ड  हरदम तयार रहेको सम्बन्धित सबैमा यसै बिज्ञप्ती मार्फत जानकारी गराउँदछौं । 

  • पर्याप्त प्रमाण र ठोस जानकारी बिना गैर आवासीय नेपाली संघको नाम उल्लेख गरी प्रकाशित समाचार सच्चाई प्रष्ट पार्नको निम्ती रातोपाटी समाचार पोर्टललाई यसै बिज्ञप्ती मार्फत आह्वान गर्दछौ ।

  • गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्ड कुनै पनि प्रकृतिको उत्पीडन (harassment) र हिंसाको घोर भर्त्सना गर्नुका साथै यथासम्भब पिडितको पक्षमा रहने छ ।

  • कुनै पनि प्रकारको उत्पिडन वा हिंसा मौजुदा न्यूजिल्याण्डको कानुनी प्राबधान अनुसार अगाडी बढाउन सकिनेछ । थप जानकारी: Harassment Act 1997 (External Link) वा  Legal help when being harassed (External Link)

 

Post on Kantipur NZ page

र अन्त्यमा समाचारमा प्रकाशित निज ब्यक्ती अझै पनि कानुनी हिसाबले अघी बढी पिडक बिरुद्ध आवाज उठाउन तयार हुनु भएमा गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्ड यथासम्भब सहयोग गर्न तयार रहेको पुन: जानकारी गराउँदछौं ।  

धन्यबाद ।

गैर आवासीय नेपाली संघ, न्यूजिल्याण्ड